विश्वभर शेयर बजार आतंकित हुँदा जापानको बजारमा उछाल « Khabarhub

विश्वभर शेयर बजार आतंकित हुँदा जापानको बजारमा उछाल


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने घोषणा गरेपछि विश्वभरको शेयर बजार लगातार ओरालो लाग्दै गर्दा जापानको बजारमा भने वृद्धि देखिएको छ ।

जापानको प्रमुख शेयर बजार सूचक ‘निक्के २२५’ मंगलबार ६ प्रतिशतले वृद्धि भएको छ । मंगलबार निक्के २२५ १८७६ अंकले बढेर ३३ हजार १२ दशमलब ५८ विन्दुमा पुगेको छ ।

टोकियो स्टक प्राइस इन्डेक्स (टपिक्स) पनि मंगलबार ६.२६ प्रतिशतले बढेर बन्द भएको छ ।

ट्रम्पले भन्सार शुल्क घोषणाका कारण मंगलबारसम्म लगानीकर्ता आतंकित हुँदा विश्व शेयर बजारका प्रमुख सूचकहरु लगतार ओरालो लागेका थिए ।

यता विश्वको सबैभन्दा ठूलो मानिने अमेरीकी ‘एस एण्ड पी ५००’ भने हिजो घटेर बन्द भएको छ । एस एण्ड पी ५०० सोमबार ०.२३ प्रतिशतले घटेर ५०६२.२५ विन्दुमा आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  १२ : ४६ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली