नाच्दै, गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्बिरहरू) « Khabarhub

नाच्दै, गाउँदै आन्दोलनमा शिक्षकहरू (तस्बिरहरू)


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । 

मंगलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।

लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।

महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : १६ बजे

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष