ज्ञानेन्द्र शाहीको आरोप- जडीबुटी कम्पनीमा राजावादीले होइन, माओवादीले आगो लगाए « Khabarhub

ज्ञानेन्द्र शाहीको आरोप- जडीबुटी कम्पनीमा राजावादीले होइन, माओवादीले आगो लगाए


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले गत चैत १५ गते कोटेश्वर र जडीबुटी क्षेत्रमा राजवादीले आगो नलगाएको बताएका छन् ।

काठमाडौंको बल्खुमा मंगलबार आयोजित राप्रपाको प्रदर्शनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘चैत १५ गते राजावादीले आगजनी गरेका होइनन्’, उनले भने, ‘त्यसदिन राजावादीबीचमा घुसपैठ गरेर आगजनी गरिएको हो । जडीबुटी कम्पनीमा आगो लगाउने त माओवादी कार्यकर्ता रहेको पुष्टि भइसकेको छ । ’

उनले अहिलेका गणतान्त्रिक दलहरू एकपछि अर्को काण्डमा परेको बताउँदै उनीहरूलाई एक दिन जेल हाल्ने बताए । प्रदर्शन गरेकै आधारमा आफ्ना नेतालाई थुनिएको बताउँदै शाहीले यो व्यवस्था पल्टाएर छाड्ने जिकिर गरे।

उनले यो देश राजसंस्था र जनताले आर्जिएको बताउँदै गणतन्त्रवादीहरूले धेरै फुर्ति लगाउन नहुने बताए । शाहीले गणतन्त्र आएपछि सबै उद्योग धन्दा बेचेर खाएको पनि आरोप लगाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १ : ५३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा