संयुक्त राष्ट्रसङ्घले भन्यो– मातृशिशु मृत्यृदर घटाउन नेपाल सफल « Khabarhub

संयुक्त राष्ट्रसङ्घले भन्यो– मातृशिशु मृत्यृदर घटाउन नेपाल सफल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार नेपाल सरकार
मातृशिशु मृत्यृदर घटाउन सफल भएको छ ।

मुलुकमा मातृ र नवजात शिशु मृत्यदर घटाउन राज्यलाई सफलता मिलेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार नवजात शिशु मृत्युदर घटेर प्रतिएक हजारमा १६.६ जना पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० मा नवजात शिशुमृत्युदर प्रतिएक हजारमा २१ रहेको थियो ।

सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ प्रतिशतले झार्ने लक्ष्य छ ।

मातृ तथा नवजात शिशुमृत्युदर घटाउन उल्लेखनीय प्रगति भए पनि प्रदेश र जिल्लाबीचका स्वास्थ्य असमानताले धेरै महिला गुणस्तरीय प्रसूति सेवाको पहुँचबाट वञ्चित भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनअनुसार सन् २००० देखि २०२३ सम्ममा मातृ मृत्युमा विश्वव्यापी रूपमा ४० प्रतिशतले कमी आएको छ ।

सन् २०१६ पछि सुधारको गति सुस्त भएको छ । सन् २०२३ मा दुई लाख ६० हजार महिलाले गर्भावस्था वा प्रसूति हुने क्रममा जटिलताका कारण ज्यान गुमाएका छन् ।

नेपालमा प्रतिलाख जीवित जन्मिएका १ सय ४२ जना आमाको मृत्यु हुने गरेको छ । सन् २००० को तुलनामा यो ७१ प्रतिशतले कम हो ।

राष्ट्रिय जनगणना २०७८ मा एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने गरेको उल्लेख थियो ।

विश्वव्यापी रूपमा मातृ मृत्युदर हरेक वर्ष झन्डै १५ प्रतिशतले घट्नुपर्छ तर हाल वार्षिक रुपमा यो करिब १.५ प्रतिशतले मात्र घटिरहेको प्रतिवदेनमा उल्लेख छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको