बालेनसँग राप्रपा सतर्क, महामन्त्री गुरूङले भने- जथाभावी फोहोर नगर्नू, एकजना पत्र काट्न बसेको छ « Khabarhub

बालेनसँग राप्रपा सतर्क, महामन्त्री गुरूङले भने- जथाभावी फोहोर नगर्नू, एकजना पत्र काट्न बसेको छ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे कटाक्ष गरेका छन् ।

मंगलबार बल्खुमा आयोजित शक्ति प्रदर्शन तथा आमसभामा उद्घोषणका क्रममा सहभागीहरूलाई जथाभावी फोहोर नगर्न र बोतल नफ्याँक्न सचेत गराए ।

‘जथाभावी फोहोर नगर्नुहोला, बोतल नफ्याँक्नु होला’, उनले भने, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहको प्रदर्शनपछि काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार जरिवाना गराएको थियो । महानगरले राप्रपालाई २ पटक जरिवाना तिराइसकेको छ ।

तर उक्त जरिवाना शाहले अझैसम्म तिरेका छैनन् । महानगरले त्यसअघि ७ वैशाख २०८१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई १ लाख जरिवाना तिराएको थियो । २०८० चैत २७ गते राप्रपाले प्रदर्शन गर्ने क्रममा महानगरका विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै जरिवाना तिराइएको थियो ।

काठमाडौं महानगरपालिकाले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको थियो ।

त्यसपछि ७ मंसिरमा दरबारमार्गमा सभा गर्ने क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई पनि जरिवाना गराएको थियो। तर एमालेले उक्त जरिवाना अझैसम्म तिरेको छैन ।

महानगरद्वारा नेकपा एमालेलाई पठाइएको पत्रमा भनिएको थियो, ‘मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ ।’

पछिल्लो पटक गत फागुन २५ मा पनि काठमाडौं महानगरले राप्रपालाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै एक लाख रुपैयाँ जरिवाना गरेको थियो।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको थियो । उक्त जरिवाना राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले महानगरमा पुगेर जम्मा रेका थिए ।

महानगरले काटेको पत्रमा भनिएको थियो, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आइल्याण्ड र त्यसमा रहेका बिरुवा साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ०४ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल