कामपाको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणमा ४८ जनामा एचपीभी डिएनए पोजेटिभ  « Khabarhub

कामपाको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणमा ४८ जनामा एचपीभी डिएनए पोजेटिभ 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणमा ४८ जनामा एचपीभी डिएनए पोजेटिभ भेटिएको छ । एक हप्तासम्म परीक्षण गरिएका महिलाहरूमध्ये ४८ जनामा एचपीभी डिएनए पोजेटिभ देखिएको छ । 

काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको रिपोर्टमा यस्तो अवस्था देखिएको महानगरले जनाएको छ ।  

परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरूको नाम दर्ता भएको छ । उनीहरूमध्ये ६१३ जनाको परीक्षण भइसकेको र परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको महानगरले जनाएको छ । 

वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाहरूको स्तनको मेमोग्राम गरिएको महानगरले बताएको छ ।  

परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसूतिसँग सम्बन्धित समस्या देखिएको र प्रारम्भिक उपचार २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ । 

उक्त शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरूमा चलाइएको थियो । 

त्यो शिविरमा ८ हजार १४५ जना महिलाहरूले जाँच गरेकोमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपीभी डिएनए परीक्षण गरिएको महानगरले जानकारी बताएको थियो । जसमध्ये ४५३ जनामा एचपीभी पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ३० बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने