कामपाको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणमा ४८ जनामा एचपीभी डिएनए पोजेटिभ  « Khabarhub

कामपाको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणमा ४८ जनामा एचपीभी डिएनए पोजेटिभ 


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षणमा ४८ जनामा एचपीभी डिएनए पोजेटिभ भेटिएको छ । एक हप्तासम्म परीक्षण गरिएका महिलाहरूमध्ये ४८ जनामा एचपीभी डिएनए पोजेटिभ देखिएको छ । 

काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको रिपोर्टमा यस्तो अवस्था देखिएको महानगरले जनाएको छ ।  

परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाहरूको नाम दर्ता भएको छ । उनीहरूमध्ये ६१३ जनाको परीक्षण भइसकेको र परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको महानगरले जनाएको छ । 

वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाहरूको स्तनको मेमोग्राम गरिएको महानगरले बताएको छ ।  

परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसूतिसँग सम्बन्धित समस्या देखिएको र प्रारम्भिक उपचार २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ । 

उक्त शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरूमा चलाइएको थियो । 

त्यो शिविरमा ८ हजार १४५ जना महिलाहरूले जाँच गरेकोमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपीभी डिएनए परीक्षण गरिएको महानगरले जानकारी बताएको थियो । जसमध्ये ४५३ जनामा एचपीभी पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ३० बजे

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं– एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्

‘भयमुक्त वातावरणमा निर्वाचन हुन्छ’ 

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र,