अर्थमन्त्री नेतृत्वको समिति औपचारिक मात्रै, राष्ट्र बैंक कामुको भरमा « Khabarhub

अर्थमन्त्री नेतृत्वको समिति औपचारिक मात्रै, राष्ट्र बैंक कामुको भरमा


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो कार्यकाल सकेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी घर गइसकेका छन् । तर, सत्तापक्षीय गठबन्धनले गभर्नर छनौटमा ढिलाइ गर्दा राष्ट्र बैंक कायममुकायम गभर्नरको नेतृत्वमा सञ्चालन हुने स्थितिमा पुगेको छ ।

सत्ता साझेदार गठबन्धनले नियुक्ति बाँडफाँट बालुवाटार र बुढानीलकण्ठबाट नै गर्ने हुँदा गभर्नर नियुक्तिको लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बनेको गभर्नर सिफारिस समिति देखावटी वा औपचारिक मात्रै बन्न पुगेको छ ।

फागुन २६ गते नै मन्त्रिपरिषद्को बैठकले गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा डा. विश्व पौडेल र विजयनाथ भट्टराई रहेको ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । तर, सो समितिको बैठक अहिलेसम्म एक पटक पनि बस्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकदेखि अर्थतन्त्र र बैंकिङ क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरूसमेत गभर्नर नियुक्तिको लागि सिफारिस समितिमा भन्दा पनि बालुवाटार र बुढानीलकण्ठ धाउने गरेका छन् । जसले गर्दा समितिले समेत गभर्नर सिफारिसको लागि काम नपाएको सम्बन्धित जानकारले बताउने गरेका छन् ।

पछिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति नगरेर राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिने निर्णय गरेको छ । जसले गर्दा सरकारले गभर्नर नियुक्तिको विषयलाई थप ढिलाइ र मोलमोलाइ गर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ४९ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन