लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन « Khabarhub

लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइन चयन भएका छन् । करिब १५ महिनादेखि रिक्त रहेको सो पदमा लोसपाको केन्द्रीय कार्यालयले सोमबार राइनलाई दलको नेता चयन गरेको हो ।

प्रदेशसभा सदस्य अभिराम शर्मा थमन विकको हत्यामा दोषी ठहराएपछि लोसपा संसदीय दलको नेतृत्वको पद खाली भएको थियो ।

शर्मालाई अदालतले दोषी ठहर गरेपछि मधेस प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो । लामो समयको विवाद र रस्साकस्सीपछि पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आज औपचारिक पत्र लेखेर जयनुल राइनलाई जिम्मेवारी दिएका छन् । 

राइनले आफूलाई पार्टी अध्यक्षबाट आजै जिम्मेवारी प्राप्त भएको जानकारी दिएका छन् । राइनले भने, ‘यो पद करिब १५ महिनादेखि रिक्त थियो, आज अध्यक्षज्यूले मलाई जिम्मेवारी दिनुभएको छ ।’

त्यस अनुसार मैले सभामुखको कार्यालयलाई जानकारी गराएको छु ।’ अर्को व्यवस्था नभएसम्म राइनलाई संसदीय दलको नेता मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ५३ बजे

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ