लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन « Khabarhub

लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राइन चयन भएका छन् । करिब १५ महिनादेखि रिक्त रहेको सो पदमा लोसपाको केन्द्रीय कार्यालयले सोमबार राइनलाई दलको नेता चयन गरेको हो ।

प्रदेशसभा सदस्य अभिराम शर्मा थमन विकको हत्यामा दोषी ठहराएपछि लोसपा संसदीय दलको नेतृत्वको पद खाली भएको थियो ।

शर्मालाई अदालतले दोषी ठहर गरेपछि मधेस प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो । लामो समयको विवाद र रस्साकस्सीपछि पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आज औपचारिक पत्र लेखेर जयनुल राइनलाई जिम्मेवारी दिएका छन् । 

राइनले आफूलाई पार्टी अध्यक्षबाट आजै जिम्मेवारी प्राप्त भएको जानकारी दिएका छन् । राइनले भने, ‘यो पद करिब १५ महिनादेखि रिक्त थियो, आज अध्यक्षज्यूले मलाई जिम्मेवारी दिनुभएको छ ।’

त्यस अनुसार मैले सभामुखको कार्यालयलाई जानकारी गराएको छु ।’ अर्को व्यवस्था नभएसम्म राइनलाई संसदीय दलको नेता मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : ५३ बजे

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले

विपद् जोखिम न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री