बालेनलाई लिङ्देनले भने- हिरो भएर हामीलाई पत्र नकाट्नू | Khabarhub Khabarhub

बालेनलाई लिङ्देनले भने- हिरो भएर हामीलाई पत्र नकाट्नू


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि कटाक्ष गरेका छन् ।

मंगलबार बल्खुमा आयोजित आमसभालाई सम्बोधनका क्रममा हिरो बनेर पत्र काट्न तयार नहुने भनेका हुन् ।

उनले सभास्थलको सबै फोहोर आफूहरूले उठाउने बताउँदै पत्रका र नागरिक समाजलाई अनुगमन गरिदिन पनि भनेका छन् ।

‘यहाँ कार्यक्रमस्थलमा नागरिक समाज र पत्रकारले पनि अनुगमन गरिदिनुस्’, उनले भने, ‘हामी सबै सफा गरेर जान्छौँ । हिरो भएर हतारमा पत्र काट्नेतिर नलाग्नुस् ।’

उता कार्यक्रमका उद्घोषक राजेन्द्र गुरुङले पनि बालेन्द्रलाई स्टन्टको फेसन बन्द गर्न सुझाए । ‘बालेन साहले स्टन्ट गर्ने फेसन चलेको छ । कसैको कार्यक्रम भयो कि पत्र काटिहाल्ने’, उनले भने, ‘यो पटक बालेनले पत्रका काट्न नपाओस् । साथीहरू सबैले फोहोर संकलन गरौँ । हामीले महानगरको गाडी बोलाइसकेका छौँ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ०० बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार