रवीन्द्र मिश्र र धवल शमशेर थप १५ दिन हिरासतमा रहने | Khabarhub Khabarhub

रवीन्द्र मिश्र र धवल शमशेर थप १५ दिन हिरासतमा रहने


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अझै १५ दिन प्रहरी हिरासतमा रहने भएका छन् । 

जिल्ला अदालत काठमाडौंले दुवैजनाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

अन्यका हकमा अदालतले २० दिनको म्याद दिएको छ । अन्यविरुद्ध संगठित अपराध र आपराधिक उपद्रो अभियोगमा मुद्दा चलाइँदैछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई थप १५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिए ।

मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई म्याद थप भएको हो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा अघि बढिसकेको छ।

चैत १५ गते राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई राज्यविरुद्ध अभियोगमा मुद्दा चलाइँदैछ ।

तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका थिए । उनी इमाडोलस्थित निवासबाटै समातिएका थिए । तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा उनकै घरमा पुगेका थिए । त्यहाँबाट उनी भूमिगत भइसकेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ४ : ३१ बजे

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई