राप्रपाले फोहोर उठाएपछि बालेनले दिए धन्यवाद « Khabarhub

राप्रपाले फोहोर उठाएपछि बालेनले दिए धन्यवाद


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेकाे सभामा आफैले फोहोर संकलन गरेकोमा धन्यवाद दिएका छन् । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधसभाबाटै मंगलबार मेयर बालेन्द्रलाई लक्षित गर्दै फोहोर नगर्न कार्यकर्तालाई सचेत मात्र गराएनन्, जरिवानाको पत्र काट्न पर्खेर बसेको बताएका थिए ।

यसको जवाफमा शाहले सामाजिक सञ्जालमा कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन भनेर लेखेका हुन् ।

बालेनले लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ५ : ४६ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र