यस्ता छन् मन्त्रिपरिषद्का निर्णय, राष्ट्र बैंकको गभर्नरमा अझै अलमल « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय, राष्ट्र बैंकको गभर्नरमा अझै अलमल


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने जनाएको छ ।  

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुने बताएका हुन्  । 

उनले दुई दलको बीचमा भागबन्डा नमिलेर गभर्नर नियुक्त हुन नसकेको भन्ने कुरामा सत्यता नरहेको उल्लेख गरे । नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य समेत भइरहेको अवस्थामा गभर्नर नियुक्तिको ढिलाइले कुनै असर नपर्ने उनले बताए ।  

त्यस्तै मन्त्रिपरिषद्का निर्णय सुनाउँदै प्रवक्ता गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहन कुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले बताए ।  

त्यस्तै मन्त्रिपरिषद्ले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ६ : २७ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र