समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता « Khabarhub

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता


२५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म समस्याग्रस्त सहकारीबाट थप पाँच हजार आठ सय ५६ जना बचतकर्ताको बचत फिर्ता गरेको जनाएको छ । 

कार्यालयले एक तथ्यांक सार्वजनिक गर्दै गत असार मसान्तसम्म एक हजार दुई सय ९९ जनाको बचतकर्ताको फरफारक भएको र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म फरफारक हुनेको संख्या सात हजार एक सय ५५ जना पुगेको जनाएको छ ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म समितिले ८० करोड रुपैयाँ बचतकर्ताको फरफारकका लागि भुक्तानी गरेको छ । हालसम्म एक अर्ब ६३ करोड ६५ लाख २० हजार ८७४ रुपैयाँ फिर्ता गर्दै सात हजार एक सय ५५ जना बचतकर्ताको फरफारक गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार कार्यालयले हालसम्म समस्याग्रस्त सहकारीको तर्फबाट एक हजार जनालाई आंशिक भुक्तानी गरेको छ । तर, सो कार्यालयमा सूचीकृत भएका २२ वटा समस्याग्रस्त सहकारीका ६२ हजार ७१० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ बचत फिर्ताको माग दाबी गरेका छन् । 

अहिलेसम्म कार्यालयले फिर्ता गरेको माग दाबी रकम घटाउँदा पनि अब ३८ अर्ब २५ करोड ८९ लाख ४६ हजार ६५२ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको देखिएको छ ।

साथै, कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ सय ऋणी र बचतकर्ताको बीचमा एक अर्ब १० करोड रुपैयाँ बराबरको हिसाब मिलान गरिएको जनाएको छ । चालु आर्थिक वर्षमा ९ वटा सहकारीको बचत फिर्ता गरी राफसाफ गर्ने योजना सार्वजनिक गरेको कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म थप एउटा मात्रै सहकारीको राफसाफ गर्न सफल भएको तथ्यांकमा उल्लेख गरेको छ ।

१३ हजार ७५ जना ऋणी सदस्यबाट २३ अर्ब बढी रकम असुली गर्ने प्रक्रियामा सात हजार ऋणीको बैंक खाता र अचल सम्पत्ति रोक्का गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ६ : ५८ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका