पोखरा म्याराथनबाट १२ लाख बचत « Khabarhub

पोखरा म्याराथनबाट १२ लाख बचत


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ बाट १२ लाख २९ हजार ५सय ११ रुपैयाँ बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले गत फागुन ३ गते गरेको म्याराथनबाट ९३ लाख ७० हजार ६ सय ८९ रुपैयाँ आम्दानी गरेको थियो । 

म्याराथनका लागि ८१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ खर्च भएर १२ लाख २९ हजार ५सय ११ रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । 

पोखरा म्याराथनको आय–व्यय सार्वजनिक एवं मञ्चको रजत महोत्सवमा आयोजना गर्ने विभिन्न कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा कोषाध्यक्ष बरुवालले पछिल्लो ३ वर्षयताको अवधिमा सर्वाधिक रकम बचत गर्न सफल भएको बताए ।

मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन, प्रतिभावान् खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि २ करोडको अक्षयकोष स्थापना गर्ने योजना सुनाए । ‘अक्षयकोष अभियानमा अहिलेसम्म ३१ लाख ५४ हजार २ सय ५६ रुपैयाँ ३३ पैसा संकलन भएको छ,’ उनले भने, ‘मञ्चका पदाधिकारी र आजीवन सदस्यलाई केन्द्रित गरेर यो वर्ष ५० प्रतिशत रकम उठाउने लक्ष्य छ ।’ 

उनले अक्षयकोषमा मञ्चका आजीवन सदस्य तथा डायमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष योगेश गुरूङले ७ लाख ६१ हजार ५ रुपैयाँ प्रदान गरेको बताए । स्थापनाको २४ वर्ष पुरा गरी २५ वर्ष प्रवेश गरेसँगै नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष महोत्सव विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । 

मञ्चका अध्यक्ष गुरुङले रजत वर्षको सन्दर्भमा नेपाली खेलकुदमा विशेष योगदान पुर्‍याएका खेलकर्मीलाई नगद १ लाखसहित मेडल तथा सम्मान पत्र प्रदान गर्ने बताए । यो पुरस्कार हरेक २ वर्षमा खेलकर्मीलाई प्रदान गर्ने कार्यक्रम छ । मञ्चको २०८२ वैशाख ८ गते स्थापना दिवससँगै रजत वर्ष महोत्सवको मासिक/साप्ताहिक दौडलाई निरन्तरता दिइने भएको छ ।

रजत वर्षको क्रममा आमा समूह दौड, पुनर्मिलन कार्यक्रम, अन्तर मावि वक्तृत्वकला, चित्रकला प्रतियोगिता, दृष्टिविहीन यु–१२ दौड, पत्रकार दौड, जनप्रतिनिधि दौड, सवारी चालक दौड तथा ६० वर्ष माथि सुपर भेट्रान्स दौड प्रतियोगितालाई समावेश गरिएको छ । गण्डकी प्रदेशको परम्परागत तथा मौलिक खेलकार रूपमा रहेको ‘ठेलो खेल प्रतियोगिता’समेत रजत वर्षको क्रममा आयोजना गरिने भएको छ । 

मञ्चका अध्यक्ष गुरुङको संयोजकत्वमा ३ सय ५१ सदस्यीय रजत वर्ष मूल आयोजक समिति गठन गरिएको छ । रजत वर्षको अवसरमा स्मारिका प्रकाशन गर्नका लागि द्वितीय उपाध्यक्ष कृष्ण तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरिएको छ । 

मञ्चले आगामी फागुन २ गते आयोजना गर्ने २० औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ । १९ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरियुयिटले जितेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ०६ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’