आज मोहिनी एकादशी व्रत  « Khabarhub

आज मोहिनी एकादशी व्रत 


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज वैशाख शुक्ल एकादशी । मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएको ती ग्रन्थमा उल्लेख गरिएको छ ।

वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्‍ठसँग प्रश्न गरेको बताइन्छ । सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्रले गुरु वशिष्‍ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ ।

गुरु वशिष्‍ठले सरस्वती नदी किनारको सुमना भद्रावती नामक नगरका राजाका कान्छा छोराको कथासमेत सुनाएर यो एकादशी व्रतबारे प्रस्ट पारेको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन व्रत गरेमा दुःख, कष्टलगायत मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : १९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२