आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध « Khabarhub

आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलविद्युत कम्पनीको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा कमिसनको चलखेल भएको भन्ने विषयमा विभिन्न हाइड्रोपावर कम्पनी र अन्य कम्पनीले विरोध जनाएका छन् । कम्पनीहरूले विज्ञप्ति जारी गर्दै आफ्ना कम्पनीहरूले तोकिएको कानूनी प्रक्रिया पूरा गरी आईपीओ जारीका लागि स्वीकृति लिएको जनाएका छन् ।

पियोर इनर्जी लिमिटेडले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचारमा सो कम्पनीलाई आधारहीन, तथ्यहीन र भ्रामक रूपमा उल्लेख गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । साथै, समाचारमा उठाइएका विषयवस्तुहरूसँग पियोर इनर्जीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध नरहेको र पियोर इनर्जी जलविद्युत कम्पनी समेत नभएको जनाएको छ ।

विकास हाइड्रोपावर कम्पनीले पनि कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । ‘हामीले कुनैपनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरी नियमानुसार स्वीकृति प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौँ’, विकास हाइड्रोको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सान्भि इनर्जी लिमिटेडले पनि विज्ञप्ति जारी गर्दै शेयर निष्काशनको बारेमा प्रकाशित समाचारहरूप्रति आफ्नो कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । सो कम्पनीले विधिवत रूपमा तोकिएको कानूनी प्रक्रिया पूरा गरेर सुरु शेयरको सार्वजनिक निष्काशन गरेको भन्दै प्रकाशित समाचारको खण्डन गरेको छ ।

अहिले ८९ वटा हाइड्रोपावर कम्पनीहरू आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्रबोर्डमा निवेदन दिएर बसेका छन् ।

हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डका पदाधिकारीले कमिसन मागेको विषयलाई जोडेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।

सोही विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बुधबार बोर्डमा आवश्यक जानकारी लिने काम गरेको बोर्डका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १० : ३७ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो