आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध « Khabarhub

आईपीओमा कमिसनको चलखेल विषयमा कम्पनीहरूको विरोध


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलविद्युत कम्पनीको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्ने सम्बन्धमा कमिसनको चलखेल भएको भन्ने विषयमा विभिन्न हाइड्रोपावर कम्पनी र अन्य कम्पनीले विरोध जनाएका छन् । कम्पनीहरूले विज्ञप्ति जारी गर्दै आफ्ना कम्पनीहरूले तोकिएको कानूनी प्रक्रिया पूरा गरी आईपीओ जारीका लागि स्वीकृति लिएको जनाएका छन् ।

पियोर इनर्जी लिमिटेडले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचारमा सो कम्पनीलाई आधारहीन, तथ्यहीन र भ्रामक रूपमा उल्लेख गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । साथै, समाचारमा उठाइएका विषयवस्तुहरूसँग पियोर इनर्जीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि सम्बन्ध नरहेको र पियोर इनर्जी जलविद्युत कम्पनी समेत नभएको जनाएको छ ।

विकास हाइड्रोपावर कम्पनीले पनि कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचारप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । ‘हामीले कुनैपनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरी नियमानुसार स्वीकृति प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौँ’, विकास हाइड्रोको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सान्भि इनर्जी लिमिटेडले पनि विज्ञप्ति जारी गर्दै शेयर निष्काशनको बारेमा प्रकाशित समाचारहरूप्रति आफ्नो कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । सो कम्पनीले विधिवत रूपमा तोकिएको कानूनी प्रक्रिया पूरा गरेर सुरु शेयरको सार्वजनिक निष्काशन गरेको भन्दै प्रकाशित समाचारको खण्डन गरेको छ ।

अहिले ८९ वटा हाइड्रोपावर कम्पनीहरू आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्रबोर्डमा निवेदन दिएर बसेका छन् ।

हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डका पदाधिकारीले कमिसन मागेको विषयलाई जोडेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।

सोही विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बुधबार बोर्डमा आवश्यक जानकारी लिने काम गरेको बोर्डका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : ३७ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा