मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा « Khabarhub

मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । 

स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट करिब दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको आज शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित सेवालाई उच्च प्राथमिकता दिइएको बताए ।

चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजालले अगामी दिनमा अस्पतालको सेवा विस्तार गरिने जानकारी दिए । कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, चन्द्रागिरि–१३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीलगायतको सहभागिता थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको सेवालाई अझ विस्तार गर्न नगरले उच्च प्राथमिकता दिँदै योजनाबद्ध काम गर्ने बताए । अस्पतालका प्रमुख डा। आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको उल्लेख गरे । 

उनका अनुसार अस्पतालमा पञ्चकर्म सेवाअन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुन्छ । 

उनले भने, ‘हामीले पहिलो चरणमा साताको एकदिन शल्यक्रियाको व्यवस्था मिलाएका छौँ, बिरामीको चाप र मागका आधारमा क्रमशः दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना बनाएका छौँ । ‘

अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको प्रमुख डा आचार्यले जानकारी दिए। उनका अनुसार अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि छ ।

प्रमुख डा। आचार्यले महिनावारी स्वच्छता, हात धुने अभ्यास, प्राथमिक उपचारसम्बन्धी अभिभुखिकरण, किट वितरण, कपडाको प्याड बनाउने अभ्यास, जनरल तथा आयुर्वेद मोबाइल हेल्थ शिविरलगायत सेवा सञ्चालन भइरहेका बताए । आगामी दिनमा प्रभावकारी र थप गुणस्तरीय सेवाका लागि योजनाबद्ध रूपमा काम गरिने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ३ : ४४ बजे

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं– नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको