पाकिस्तानमाथि आक्रमणको कथावस्तुमा सिनेमा बनाउन ‘अपरेशन सिन्दुर’ ट्रेडमार्क लिने होड « Khabarhub

पाकिस्तानमाथि आक्रमणको कथावस्तुमा सिनेमा बनाउन ‘अपरेशन सिन्दुर’ ट्रेडमार्क लिने होड


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानमाथि हवाइ आक्रमण गर्न ‘अपरेशन सिन्दुर’ सञ्चालन गरेसँगै यस नामको ‘ट्रेडमार्क’ दर्ता गर्ने होडबाजी शुरु भएको छ । भारतले बुधबार सबेरै ९ स्थानलाई लक्षित गर्दै पाकिस्तानी भूमिका ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।

यससँगै ‘अपरेसन सिन्दुर’ मा आधारित रहेर सिनेमा र वेब सिरिज बनाउनका लागि भारतीय कम्पनीबीच नामको ‘ट्रेडमार्क’ लिने होडबाजी शुरु भएको हो । हालसम्म उक्त नामका लागि कम्तीमा चार वटा आवेदन परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार पोर्टल द प्रिन्टका अनुसार ‘नाइस क्लासिफिकेसनको ४१ औँ क्लास’ अनुसार ‘अपरेशन सिन्दुर’ को ‘ट्रेडमार्क’ दाबी गर्न आवेदन परेको हो । यस क्लासिफिकेसन अनुसार शैक्षिक मनोरञ्जनात्मक र खेलकुद÷साँस्कृतिक गतिविधिका लागि ‘ट्रेडमार्क’ दिइन्छ ।

भारतको पेटेन्ट डिजाइन तथा ट्रेड मार्क कार्यालयका अनुसार सर्वप्रथम रिलायन्स इण्डष्ट्रिजले ‘अपरेशन सिन्दुर’ को पहिलो ट्रेडमार्क आवेदन दिएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ५ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली