नेपाल प्रकोप-विपदका दृष्टिले उच्च जोखिममा छ : मन्त्री अधिकारी « Khabarhub

नेपाल प्रकोप-विपदका दृष्टिले उच्च जोखिममा छ : मन्त्री अधिकारी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन् । 

श्रीलंकाको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भूभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी, पहिरो खडेरी ,शीतलहर ,चट्याङ ,हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षति, पूर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए।

कृषि मन्त्री अधिकारीले जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न,संस्थागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्‍याउने  कार्यमा  नेपाल प्रतिवद्ध रहेको उल्लेख गरे।

‘जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन बढाएको उल्लेख गर्दे यसको बढि मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ, मन्त्री अधिकारीले भने।

जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरूबीच साझा दृष्टिकोण र  सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गरे । 

श्रीलंका सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्व चेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिम पूर्वको पूर्व सूचना र एकीकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ  ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : ४६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा