नेपाल प्रकोप-विपदका दृष्टिले उच्च जोखिममा छ : मन्त्री अधिकारी « Khabarhub

नेपाल प्रकोप-विपदका दृष्टिले उच्च जोखिममा छ : मन्त्री अधिकारी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन् । 

श्रीलंकाको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भूभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी, पहिरो खडेरी ,शीतलहर ,चट्याङ ,हिमताल विस्फोट जस्ता घटनाका कारण ठुलो क्षति, पूर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए।

कृषि मन्त्री अधिकारीले जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न,संस्थागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्‍याउने  कार्यमा  नेपाल प्रतिवद्ध रहेको उल्लेख गरे।

‘जलवायु परिवर्तनले जोखिमहरूको आवृत्ति र अनिश्चितता झन बढाएको उल्लेख गर्दे यसको बढि मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ, मन्त्री अधिकारीले भने।

जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरूबीच साझा दृष्टिकोण र  सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गरे । 

श्रीलंका सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्व चेतावनी प्रणालीको संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरूमा जोखिम र जोखिम पूर्वको पूर्व सूचना र एकीकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ  ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ६ : ४६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका