सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो | Khabarhub Khabarhub

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो ।  सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पेट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।

वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पेट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ ।

सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैशाख २३ गते ५६४, वैशाख २४ गते ६४० र वैशाख २५ गते ६४० ठाउँमा गरी एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।

नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ । यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपालले आज जानकारी गराएको छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : २० बजे

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ

भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’

नयाँदिल्ली – पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

लुम्बिनी – राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको

लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते

बेइरुत – लेबनानको दक्षिणी शहर नबातियामा बिहीबार इजरायली हवाई आक्रमणमा