भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल « Khabarhub

भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल


२५ बैशाख २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यवद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको हो ।

भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडीमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।

नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

नेपालले कुनै पनि छिमेकी मुलुकविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने पनि प्रष्ट पारेको छ । सरकारले दुई देशबीचको तनाव कम होस् भन्ने चाहेको उल्लेख गर्दै यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : २९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६