नाइजेरियाको सैनिक कारबाहीमा ११ जना आतंककारी मारिए « Khabarhub

नाइजेरियाको सैनिक कारबाहीमा ११ जना आतंककारी मारिए


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेनसी– नाइजेरियामा सरकारद्वारा सञ्चालित आतंकविरोधी अभियानहरू तीव्र बन्दै गएका छन्, जसअनुसार हालैका दिनमा कम्तीमा ११ जना आतंककारी नेताहरू मारिएको जानकारी प्राप्त भएको छ। यो विवरण नाइजेरियाका रक्षामन्त्री  मोहम्मद बडारुले बुधबार राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

उनले जानकारी दिँदै भने, ‘देशको उत्तरी क्षेत्रमा सक्रिय तथा निकै खतरनाक मानिएका आतङ्ककारी समूहका एकजना प्रमुख नेता बेल्लो टुर्जि हाल सुरक्षाबलको कारबाहीका कारण फरार अवस्थामा छन्।’

 मन्त्रीका अनुसार हाल देशका विभिन्न भागमा सञ्चालन भइरहेका अभियानहरू उल्लेखनीय रूपमा सफल भइरहेका छन्, विशेषतः उत्तरपूर्वी क्षेत्रमा सुरक्षाबलले उल्लेख्य उपलब्धि हासिल गरेका छन्।

‘हाम्रो सुरक्षाबलले आतंककारीहरूका हरेक चुनौतीको साहसपूर्वक सामना गर्दै उनीहरूलाई महत्वपूर्ण क्षति पुर्‍याएका छन्,’ मन्त्री बडारुले बताए।

उनले भने सरकारद्वारा गुप्तचर प्रणालीमा पनि सुधार गरी सुरक्षालाई अझ सुदृढ बनाइएको छ, जसले गर्दा आतङ्कवादी आक्रमणहरूलाई समयमै नियन्त्रणमा लिन सकिने अपेक्षा गरिएको छ।

मन्त्रीले देशमा विद्यमान सुरक्षा चुनौतीहरू सामाजिक र राजनीतिक विभाजन, आर्थिक कठिनाइ, सीमापार समस्या तथा अन्तर्राष्ट्रिय आतंक गतिविधिहरूसँग सम्बन्धित रहेको बताउँदै यस्ता समस्याको समाधानका लागि केवल सैन्य उपाय मात्र नभई समग्र विकास, सामाजिक समावेशिता तथा क्षेत्रीय सहकार्य आवश्यक हुने धारणा राखे ।

यसअघि, अप्रिल २३ मा  राष्ट्रपति  बोला टिनुबुले देशको बढ्दो हिंसा र सुरक्षाजन्य चुनौतीहरूको गम्भीर मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा रणनीतिमा व्यापक पुनरावलोकन तथा सुधारको निर्देशन दिएका थिए । 

मन्त्रीले राष्ट्रपतिको स्पष्ट निर्देशनले सुरक्षाबलमा नयाँ ऊर्जा थपिएको र आतंकविरोधी अभियानमा अझ दृढताका साथ अघि बढ्न प्रेरणा प्राप्त भएको उल्लेख गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ७ : ४६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ