इजरायली अधिकारीले भने- विपिन जोशीसहित तीन जनाको ‘जीवनको संकेत प्राप्त भएन’ « Khabarhub

इजरायली अधिकारीले भने- विपिन जोशीसहित तीन जनाको ‘जीवनको संकेत प्राप्त भएन’


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले जनाएका छन् । हाल हमासको नियन्त्रणमा रहेका विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हाल हमासको नियन्त्रणमा केबल २१ जना बन्धक रहेको बताएका थिए । यस्तो अवस्थामा विपिन जोशीसहित थाइ नागरिक पिन्टा नाट्टापोङ र एक जना इजरायली नागरिकको अवस्था अझै अज्ञात रहेको इजरायली अधिकारीले उल्लेख गरेका छन् ।

उनीहरु जीवित रहेको विषय ‘गम्भीर शंकाको घेरामा’ रहेको उनको भनाइ छ । हमास इजयाल युद्ध शुरु भएको केही समयपछिदेखि ‘उनीहरुको जीवनको संकेत प्राप्त नभएको’ ती अधिकारीले दाबी गरेका छन् ।

त्यसयता बन्धकका परिवारलाई घटनाक्रमबारे जानकारी दिइरहेको उनको भनाइ छ । यद्यपि दुई विदेशी नागरिकको मृत्युको आधिकारिक घोषणा भने भइसकेको छैन ।

हमास र अन्य लडाकु समूहले ५९ जना बन्दी रिहा गर्न बाँकी छ । तीमध्ये ३५ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । यस्तो अवस्थामा २४ जना बन्धक अझै लडाकु समूहको नियन्त्रणमा रहेको हुनुपर्ने हो ।

तर, यसअघि बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग हाल केबल २१ जना बन्धक रहेको बताएका थिए । २४ मध्ये विपिन जोशीसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको ठानिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ८ : १७ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको