गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत : रेड क्रस « Khabarhub

गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत : रेड क्रस


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जेनेभा – अन्तर्राष्ट्रिय रेड क्रस समितिले गाजामा जारी द्वन्द्वका कारण उत्पन्न भइरहेको मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै इजरायलद्वारा सबै प्रकारका मानवीय सहायता प्रवेशमा लगाइएको प्रतिबन्धलाई ‘अस्वीकार्य’ भएको बताएको छ ।

रेड क्रसका महासचिव पिएर क्राहेनबुहले जेनेभामा पत्रकार सम्मेलनमार्फत भने, “गाजा पट्टीमा मानवीय सहायता प्रवेश गर्न नदिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत हो र यो तत्काल परिवर्तन आवश्यक रहेको विषय हो ।”

उनले वर्तमान परिस्थिति अत्यन्तै नाजुक रहेको जनाउँदै भने,“अबको केही दिन अत्यन्त निर्णायक छन् । हाम्रोमा सीमित औषधि तथा आवश्यक सामग्री रहेका छन्, जुन चाँडै समाप्त हुन सक्छ ।”

इजरायलले मार्च १८ देखि पुनः सैन्य कारबाही सुरु गरेपछि सहायता आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको हो । इजरायलले भने गाजामा मानवीय सङ्कटको अवस्थालाई अस्वीकार गर्दै हमासविरुद्ध थप कारबाहीको योजना बनाइरहेको बताइएको छ ।

महासचिव क्राहेनबुहले भने,“यदि अहिलेको अवस्था भविष्यको युद्धको नमूना हो भने, यसले हाम्रो मानवता र अन्तर्राष्ट्रिय मूल्यहरूमा गम्भीर प्रश्न खडा गर्छ । सबैले यस अवस्थालाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।”

उनले सबै प्रकारका सहायता प्रयासहरूलाई सकारात्मक रूपमा हेर्न र सहयोग पुगोस् भन्ने आशयले अवरोध हटाउन आग्रह गरे। “गाजाको सिमानामा ठूलो परिमाणमा सहायता सामग्री तयार अवस्थामा रहेको छ, जुन तत्काल प्रवेश गराउन सकिनेछ,” उनले स्पष्ट गरे ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ८ : ५४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ