पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण « Khabarhub

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको छ । बिहीबार राति पाकिस्तानले जम्मु र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यता भारतले पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको गरेको छ । भारतीय टेलिभिजन आज तकका अनुसार भारतले एस ४०० हवाई प्रतिरक्षा प्रणालको माध्यमले उक्त लडाकु विमान खसालेको हो । यसबारे पाकिस्तानी पक्षले कुनै टिप्पणी गरेको छैन ।

यस्तै जैसलमेर–पोकरणमा पाकिस्तानको आक्रमण असफल भएको भारतले दाबी गरेको छ । पाकिस्तानद्वारा आक्रमणका लागि पठाईएको ड्रोन खसालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै श्रीगंगानगरमा रेड अलर्ट जारी गरिएको छ । मानिसहरलाई घरमै बस्न अपील गरिएको छ । सीमावर्ती जिल्लाहरुमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ ।

भारतका जम्मु कश्मिर, गुजरात लगायतका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ । सर्वसाधरणलाई सावधानी अपनाउन आग्रह गर्दै साइरन बजाइएको समाचारमा उल्लेख छ ।

२२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको बदला लिन भन्दै भारतीय सेनाले पाकिस्तानका ९ स्थानमा मंगलबार राति आक्रमण गरेको थियो । त्यसपछि दुई देशबीच युद्ध चर्किन थालेको छ । बिहीबार आईपीएल खेलअघि बीसीसीआईले सम्मान समारोह आयोजना गरेको थियो। कार्यक्रममा प्रसिद्ध गायक बी प्राकले देशभक्तिपूर्ण गीत गाएर भारतीय सेनाको मनोबल बढाएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १० : ४३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज