आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने | Khabarhub Khabarhub

आगलागी पीडितलाई प्रदेश सरकारले चालीस लाख रुपैयाँ सहयोग गर्ने


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालीस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगङ्गा नगरपालिकालाई चालीस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए ।

उनका अनुसार आगलागीको पूर्ण विवरण प्राप्त भएपश्चात प्रदेश सरकारले थप निर्णय गर्नेछ । मानवीय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई उक्त रकम उपलब्ध गराउने र पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने छ ।

जेष्ठ २३ गते बाजुराको बुढीगङ्गा नगरपालिका– ६ स्थित बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । साथै प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : ५५ बजे

रुपा तालमा माछाको उत्पादन घट्यो

गण्डकी– कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ ।

ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

काठमाडौं– कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका  उच्चस्तरीय आयोग

लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा

काठमाडौं–  तिहार पर्वलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी सपीले

भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट

इस्लामावाद- अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि