पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ « Khabarhub

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र विस्तारमा सकारात्मक रहेको बताएका छन् । धितोपत्र बोर्डलाई दबाब र प्रभावमा पार्नेहरूबाट सचेत भएर बजार विकासमा लाग्नुपर्ने उनले बताए ।

अर्थमन्त्री पौडेलले आइतबार नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै शेयर बजारमा भित्री कारोबार गर्नेलाई कारबाही दायरामा ल्याउन बोर्डलाई आग्रह गरे ।

‘गल्ती गर्नेलाई दण्डित गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ’, पौडेलले भने, ‘संस्थालाई दबाब र प्रभावमा पार्ने धेरै छन् । त्यस्ताबाट जोगाएर नियमन बढाउनुपर्‍यो ।’ पौडेलले बोर्डको भूमिका गुणात्मक रूपमा सुधार गर्न चाहेको प्रष्ट पारे ।

अर्थमन्त्री पौडेलले बजेटले पुँजी बजारप्रति सरकारको धारणा स्पष्ट पारेको बताए । ‘पुँजी बजारलाई सरकारले प्राथमिकतामा राखेर बजेटमा ल्याएको छ ।’ उनले भने । बजेट अनुसार बोर्डले काम अगाडि बढाउछ भन्ने अपेक्षा रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘बोर्ड इन्साइडर ट्रेडिङको विरुद्ध हुनुपर्छ । साथै, लगानीकर्तालाई लगानीको सचेतना प्रदान गर्नुपर्छ । पुँजी बजारमा नयाँ इन्स्ट्रुमेन्ट भित्रिनु पर्छ ।’

‘बिचौलियाको फन्दामा नपर्नुहोस्’

अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्ड बिचौलियाको फन्दामा पर्न नहुने बताए ।

उनले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई आग्रह गर्दै भने, ‘बिचौलियाको फन्दामा नपर्नुहोला ।’ पौडेलले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट रहेको पुँजी बजारको नियामक सरह सेबोनले समेत आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए ।

पुँजी बजार अर्थतन्त्रको ऐना भएकाले पुँजी बजारको माध्यमबाट देशको अर्थतन्त्र सुधार गर्न सक्ने सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १२ : ३५ बजे

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक