प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ « Khabarhub

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली पक्राउ परेका छन् । हैदरावादमा प्रेमिकलाई ङ्याँकेर मारी एकान्त ठाउँमा फालेको आरोपमा ३० वर्षीय नेपाली नागरिक पक्राउ परेको इण्डिया टुडेले जनाएको छ ।

मृतक ३३ वर्षीया तारा बोहोराको शव झोलामा राखेको अवस्थामा हैदरावादको बचुपल्ली क्षेत्रमा फेला परेको थियो । उनको शव गत जुन ४ मा फेला परेको थियो । मारिएकी तारा पनि नेपाली नागरिक नै रहेको जनाइएको छ ।

घटनापछि विजय तोप्पा नाम गरेका मानिसलाई पक्राउ गरिएको छ । उनी स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्दै आएका थिए । उनी पीडितसँग ‘लिभ–इन’ सम्बन्धमा रहेको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार उनीहरुको भेट फेसबुकबाट भएको थियो । ताराको यसअघि नै विवाह भएर दुई सन्तान समेत थिए । तारा गत अप्रिल १५ का दिन हैदरावाद पुगेकी थिइन् ।

उनी र विजय बोराम्पेट क्षेत्रमा घर भाडामा लिएर बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार तारा गर्भवती भएपछि गत मे २३ का दिन उनीहरुबीच झगडा भएको थियो । क्रुद्ध भएका विजयले नाइलनको डोरीले घाँटी ङ्याँकेर ताराको हत्या गरेको र उनको शव झोलामा हालेर एकान्त ठाउँमा फालेको जनाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १ : ०३ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र