प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ « Khabarhub

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली पक्राउ परेका छन् । हैदरावादमा प्रेमिकलाई ङ्याँकेर मारी एकान्त ठाउँमा फालेको आरोपमा ३० वर्षीय नेपाली नागरिक पक्राउ परेको इण्डिया टुडेले जनाएको छ ।

मृतक ३३ वर्षीया तारा बोहोराको शव झोलामा राखेको अवस्थामा हैदरावादको बचुपल्ली क्षेत्रमा फेला परेको थियो । उनको शव गत जुन ४ मा फेला परेको थियो । मारिएकी तारा पनि नेपाली नागरिक नै रहेको जनाइएको छ ।

घटनापछि विजय तोप्पा नाम गरेका मानिसलाई पक्राउ गरिएको छ । उनी स्थानीय रेस्टुरेन्टमा सेफको काम गर्दै आएका थिए । उनी पीडितसँग ‘लिभ–इन’ सम्बन्धमा रहेको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार उनीहरुको भेट फेसबुकबाट भएको थियो । ताराको यसअघि नै विवाह भएर दुई सन्तान समेत थिए । तारा गत अप्रिल १५ का दिन हैदरावाद पुगेकी थिइन् ।

उनी र विजय बोराम्पेट क्षेत्रमा घर भाडामा लिएर बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार तारा गर्भवती भएपछि गत मे २३ का दिन उनीहरुबीच झगडा भएको थियो । क्रुद्ध भएका विजयले नाइलनको डोरीले घाँटी ङ्याँकेर ताराको हत्या गरेको र उनको शव झोलामा हालेर एकान्त ठाउँमा फालेको जनाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १ : ०३ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई