नेताहरूको योगदानबारे प्रचार गर्न आवश्यक छ : सभापति देउवा « Khabarhub

नेताहरूको योगदानबारे प्रचार गर्न आवश्यक छ : सभापति देउवा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । 

शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको सालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका हुन् । 

राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गरे । उनले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गरे ।  

त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गरे । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उनले बताए  । 

त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको धारणा राखे ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : २१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र