विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरूप अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार  उनले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्त्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए ।

अध्यक्ष दाहालले भने, ‘महत्त्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ । त्यो सभा छिटो चल्दिए हुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो ।’

विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृत्तिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भने,  ‘राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतका साथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन् ।’ रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ०० बजे

आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन

दुई अर्धशतक र आदिलको उत्कृष्ट पुनरागमनसँगै नेपालले जित्यो ऐतिहासिक सिरिजको उपाधि

काठमाडौं- लगातार दुई खेल जित्दै नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ