देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ « Khabarhub

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरे । 

स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत र प्रयासबाट नेपाली कांग्रेस अहिलेको सुदृढ अवस्थासम्म आइपुगेको उपसभापति गुरुङले धारणा राखे ।

उनले त्याग, तपस्या र बलिदान गरी मुलुक परिवर्तनमा सक्रिय व्यक्तिलाई राज्य, समाज र पार्टीले न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले हेमराज अधिकारी राजनीतिक प्रेरणाको स्रोत भएको बताउँदै उनको पृष्ठभूमिले आफूलाई राजनीतिमा सक्रिय हुने उत्साह भरेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले स्वर्गीय अधिकारीले कठिन राजनीतिक यात्रा तय गर्दै जनताको अधिकार र विकासलाई केन्द्रबिन्दु बनाएर लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेको स्मरण गरिन् । 

कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले बिपी कोइराला, किसुनजी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको सामिप्यतामा रहेर स्वर्गीय अधिकारीले पार्टीको सङ्गठन र सामाजिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको बताए ।

कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा राई, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरीलगायतले प्रजातन्त्र सेनानीका रूपमा अधिकारीले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीको सम्मानका लागि पार्टीले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । डा हेमाङ अधिकारीले स्वर्गीय अधिकारीले प्रजातान्त्रिक योद्धाका रूपमा सामाजिक जागरणमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

नेपाली कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उनी कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य थिए । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतीत गरेका थिए । उनी कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत थिए ।

विसं १९८८ मा भोजपुरको दिङ्लामा जन्मिएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखन कार्यमा सक्रिय थिए । उनको ‘आजको नेपाल’ पुस्तक प्रकाशित भएको छ । रासस
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ५७ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ