स्कटल्यान्डले गुमायो पाचौँ विकेट « Khabarhub

स्कटल्यान्डले गुमायो पाचौँ विकेट


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेपछि डन्डीको फोर्टहिलमा नेपालले बलिङको निम्तो पाएको हो ।

खेलमा स्कटल्यान्डले पाचौँ विकेट गुमाएको छ । ३१ ओभर ६ बलमा दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डका म्याथ्यु क्रसलाई पेभेलियन फर्काए । आउट हुनुअघि उनले ७ बलमा ३ रन जोडेका थिए ।

नेपालले गत बुधवार स्कटल्याण्डको डुन्डीमा भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। आइतबार फेरि नेपाल र स्कटल्याण्ड भिडिरहेका छन् ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ५ : ५१ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने