स्कटल्यान्डले गुमायो पाचौँ विकेट « Khabarhub

स्कटल्यान्डले गुमायो पाचौँ विकेट


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेपछि डन्डीको फोर्टहिलमा नेपालले बलिङको निम्तो पाएको हो ।

खेलमा स्कटल्यान्डले पाचौँ विकेट गुमाएको छ । ३१ ओभर ६ बलमा दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डका म्याथ्यु क्रसलाई पेभेलियन फर्काए । आउट हुनुअघि उनले ७ बलमा ३ रन जोडेका थिए ।

नेपालले गत बुधवार स्कटल्याण्डको डुन्डीमा भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। आइतबार फेरि नेपाल र स्कटल्याण्ड भिडिरहेका छन् ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ५१ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्