गण्डकी आयल निगम प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा « Khabarhub

गण्डकी आयल निगम प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा इन्धन चोरीको आरोपमा कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुख चितरञ्जन दास, पश्चिमाञ्चल ट्रेडर्स कम्पनीका सञ्चालक तथा ट्यांकर धनी बाबुराम जम्मकट्टेल, गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण राणाभाट तथा ट्यांकर चालक निर्मल थापाविरुद्ध आइतबार भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा उनीहरूले योजनाबद्ध रूपमा मिलेमतो गरी डिपोको सीसी क्यामरा बन्द गरेर नियोजित तरिकाले डिजेल बढी लोड गरेको पुष्टि भएको हो । 

२०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले १२ हजार लिटर डिजेलको अर्डर गरी नेपाल आयल निगमको खातामा भुक्तानी गरे पनि सो दिन सिसी क्यामरा बन्द गरेर ३ हजार २ सय लिटर बढी डिजेल लोड गरिएको पाइएको थियो ।

ग २ ख ८३६ नम्बरको ट्यांकरमा लोड गरिएको उक्त डिजेल पोखरा महानगरपालिका–२७ मा रोकिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको थियो । 

त्यहाँ १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो, जुन अर्डर गरिएकोभन्दा ३ हजार २ सय लिटर बढी हो । बरामद गरिएको अतिरिक्त डिजेलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ बराबर रहेको अख्तियारले जनाएको छ ।

ट्यांकरको चलान, बिल र गेटपासमा तत्कालीन डिपो प्रमुख चितरञ्जन दासले स्वयम् हस्ताक्षर गरेका थिए । उनीमाथि निगमको डिपोका लागि तोकिएको नोक्सानी सीमा दुरुपयोग गर्दै पटक–पटक इन्धन अपचलन गर्दै आएको आरोप यसअघि पनि लाग्दै आएको थियो । 

उनी प्रादेशिक प्रमुख भएपछि गण्डकीमा अघिल्ला दुई आर्थिक वर्षको तुलनामा निगमले दोब्बर नोक्सानी व्यहोर्नुपरेको विवरण निगमको केन्द्रीय कार्यालयको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

घटनापछि फरार रहेका डिपो प्रमुख दासविरुद्ध साउन ३० गते कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी कात्तिक १४ गते अदालतमा उपस्थित भएका थिए र त्यही दिन ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । उनी एक दिन पनि हिरासतमा नरहाइकन धरौटीमा छुटेका हुन् ।

यसअघि नै इन्धन अपचलनमा संलग्न भनिएका अन्य आरोपित व्यवसायी बाबुराम जमरकट्टेल १ लाख ५० हजार, एसोसिएसनका तत्कालीन सचिव जगन्नाथ ढुंगाना १ लाख र ट्यांकर चालक निर्मल थापा ७५ हजार धरौटीमा छुटेका थिए ।

घटनाको विस्तृत अनुसन्धानपछि प्रहरीले सो प्रकरणमा संलग्न सबै व्यक्तिहरूविरुद्ध कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । 

त्यसअनुसार सरकारी वकिलको कार्यालयले डिपो प्रमुख दासविरुद्ध कम्तीमा ५ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । अन्य तीन अभियुक्त व्यवसायीहरूलाई जनही ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजायको माग दाबी गरिएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ४६ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र