वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा « Khabarhub

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

बाढी–पहिरो जोखिमलाई बेवास्ता गर्दै वराहक्षेत्रको सौन्दर्यीकरणमा बजेट


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको वराहक्षेत्र नगरपालिकाको भौतिक निर्माणका लागि ३७ करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

वराहक्षेत्र वडा नं. १ मा रहेको प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा रहेको विषयमा बजेट मौन रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । वराहक्षेत्र मन्दिरलाई बचाउने विषयमा बजेटले सम्बोधन नगरेको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठले गुनासो गरे । उनले भने, ‘घाउ आँखामा छ, ओखती नाकमा लगाएजस्तो भयो ।’

यद्यपि बजेटमा वराहक्षेत्र मन्दिर परिसर पूर्वाधार स्तरोन्नतिका लागि संघीय सरकारले सशर्तअनुदान अन्तर्गत ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै वराहक्षेत्र धाम स्तरोन्नति तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्याएको छ । तर स्थानीयले सौन्दर्यीकरणभन्दा पनि बाढीपहिरोको चपेटामा रहेको मन्दिर क्षेत्रलाई दीगो तटबन्ध गर्ने विषय सुनुवाइ नभएको बताए ।

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले वराहक्षेत्रको तटबन्धलगायतमा काम गर्नुपर्ने भन्दै गुरुयोजना निर्माण गरी सम्बन्धित मन्त्रालयमा पेश गरेको थियो । तर बजेटमा सम्बोधन हुन सकेन ।

‘केन्द्र सरकारको बजेट वराहक्षेत्रधामको स्तरोन्नति र सौन्दर्यकरणमा पनि खाँचो छ हुँदै नभएको होइन । तर त्योभन्दा पहिलो प्राथमिकता वराहक्षेत्रधाम बचाउने तथा संरक्षण गर्ने हो ।’ गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष श्रेष्ठले भने, हामीले केन्द्र सरकारमै कुरो पु¥याएको थियौँ । तर आवश्यक शीर्षकमा बजेट विनियोजन भएन ।’

सप्तकोशी नदी र कोका खोलामा आउने बर्सेनिको बाढीपहिरोले वराहक्षेत्र मन्दिर साथै गाउँबस्ती अत्यन्त जोखिममा रहेको श्रेष्ठले बताए । विनियोजित शीर्षकलाई रकमान्तर गरेर भए पनि तटबन्ध गर्नुपर्ने उनले बताए ।

‘वराहक्षेत्रधाम गाउँबस्ती रहे न त्यसलाई सिँगार्ने हो, बनाउने हो सौन्दर्यीकरण, स्तरोन्नति गर्ने हो । वराहक्षेत्र धाम नै नरहे केका लागि त्यहाँ बाटो पुर्‍याउने, विकासका लागि ठूलाठूला संरचना बनाउने ?’ कोषाध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ३२ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र