आङ खस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया « Khabarhub

आङ खस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ ।

आयोजित निःशुल्क शल्यक्रिया शिविरमा उनीहरूको शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । 

प्रमुख श्रेष्ठले भने, ‘समस्या भएर पनि उपचार नपाउनु भएकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जसमा १५ जनाले शल्यक्रिया सेवा लिनुभयो ।’ 

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पताल भोजपुरको समन्वयमा भएको शिविरमा भोजपुर अस्पताल, दमक अस्पताल, धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

डा पवित्रा श्रेष्ठ, डा विजय रानाभाट, एनेस्थेसिया अम्बिका ढकाल लगायतको टिमले शिविरमा सेवा दिएको थियो । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ३२ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र