गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सचेत हुनुपर्दछः मुख्यमन्त्री पाण्डे « Khabarhub

गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सचेत हुनुपर्दछः मुख्यमन्त्री पाण्डे


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलने समाचारप्रति सञ्चारजगत् सचेत हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना र प्रदेश सरकारको सहयोगमा आजदेखि पोेखरामा सुरु भएको मल्टिमिडिया तालिमको उद्घाटन गर्दै उनले नेता र दलहरूले गरेका गल्तीका लागि व्यवस्थाप्रति नै निराशा र वितृष्णा फैलने गरी प्रचारप्रसार गर्न नहुने बताए ।

मुख्यमन्त्री पाण्डेले भने, “सरकारबाट समेत गल्ती हुन सक्दछ र त्यसका लागि दण्ड दिने व्यवस्था संविधानमा छ, जनताले दण्ड दिन सक्दछन् । गल्ती र कमजोरीलाई आत्मसात् नगरे जनताले निर्वाचनमा दण्ड दिन सक्दछन्, तर जनसङ्घर्षबाट फालिएको राजतन्त्र स्थापना गर्ने प्रयत्न भयो भने त्यो अवस्था रहँदैन ।”

उनले निरङ्कुशताको पहिलो सिकार जहिले पनि पत्रकारिता हुँदै आएको भन्दै जनताको मुख थुन्नुअघि पत्रकारिताको मुख बन्द गर्दै गरिँदै आएको इतिहास सम्रण गरे । “आफूले आफैँलाई विसं २०५९ तिर लैजानुहोस् र विगतको अनुभव गर्नुहोस् । पहिलो सिकार पत्रकारिता हुँदै आएको छ”, मुख्यमन्त्री पाण्डेले भने ।

उनले सरकारले प्रेस स्वतन्त्रताको सम्मान र आवश्यक नियमन भने गर्ने बताए । उनले पत्रकारिता जगत्ले सकारात्मक सोच र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्न आवश्यक रहेको उल्लेख गरे। लोकतन्त्रको स्थापना गर्न सञ्चार जगत्को पनि महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रेस रजिस्ट्रार कार्यालयमार्फत मिडियाका लागि नवीनतम कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले प्रविधिको विकाससँगै सञ्चारकर्मीलाई दक्ष र सीपयुक्त बनाउनका लागि तालिम आयोजना गरिएको बताए। सोमबारसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका ४० जना पत्रकारको सहभागिता रहेको प्रदेश समितिका महासचिव जमुना शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : २५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ