माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ « Khabarhub

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त प्रकरणबारे गहन अनुसन्धान आवश्यक रहेको बताए ।

कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको जानकारी दिँदै उनले भने, “अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ । तर, मैमाथि यो किसिमको आरोप लागेको छ । यसको कानुनी उपचार हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्ना कानुनविद्ले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको जानकारी दिए ।

पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले लोकतन्त्र र संविधानको रक्षा तथा देश र जनताको हितका पक्षमा स्थापना गरिएको पार्टी सुशासन कायम गर्न प्रतिबद्ध रहेको विचार व्यक्त गरे।

बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी सचिव सावित्रा भुसालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएको पार्टीको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू पार्टीलाई कमजोर बनाउन लागेका आरोप लगाए।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : २५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको