ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा « Khabarhub

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा एक हजार रन पूुरा गरेका छन् । स्कटल्याण्डविरुद्धको खेलमा ६ रन कटाएसँगै उनले ओडीआई क्रिकेटमा एक हजार रनको आँकडा पुरा गरेका हुन् ।

यसअघि ६२ खेलमा ९९४ रन बनाएका ऐरीलाई एक हजार रनको आँकडा पुरा गर्न ६ रन मात्र आवश्यक थियो । ६३ ओडीआई खेल खेलेका ऐरीले एक शतक र तीन अर्धशतक प्रहार गरेका छन् । ओडीआईमा उनको उच्च स्कोर १०५ रन रहेका छ ।

दीपेन्द्र नेपाली टोलीका भरपर्दो र विष्फोटक ब्याट्सम्यानको रुपमा चिनिन्छन् । उनले टि–ट्वान्टी आईमा अहिले सम्म १७५६ रन बनाएका छन् ।

नेपालका लागि ओडिआईमा १ हजार रन पूरा गर्ने दीपेन्द्र पाँचौ खेलाडी हुन् । यसअघि कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल र आरिफ शेखले ओडीआईमा एक हजार रनका आँकडा पार गरिसकेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  १० : ४१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा