आज २०८२ साल असार २४ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २४ गते मंगलबारको राशिफल


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २४ गते मंगलबार। असार शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ जुलाई ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ।

मिथुन : दिन सामान्य छ। क्षमता कमजोर बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको प्रयास अधुरो रहने छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले साथ नदिँदा हरेक काममा अवरोध हुनेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्।

सिंह : दिन सामान्य छ। जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। शनिदेवको सन्तुष्टिका लागि धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। शुभकार्यको तय हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

तुला : दिन सामान्य छ। सम्पत्तिका कारण इज्जत र स्वास्थ्यमा समस्या हुनेछ। राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। आफ्नो अस्थित्व रक्षाका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तारता दिनु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

धनु : आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। अचानक अवसर प्राप्त हुनेछ। स्वाथ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : दिन सामान्य छ। अन्त्य साढेसातीका कारण एकपछि अर्को विरोध सुन्नुपर्ने हुनसक्छ। बौद्धिक साथीले कुरा काट्नेछन्। पढाइमा आलश्यता बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : १२ बजे

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको