चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति « Khabarhub

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्णरूपमा ध्वस्त बनाएको छ।

बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति गरेको छ। त्यहाँ राखिएका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ।

बाढीले भन्सारमा राखिएका कयौं कन्टेनर बगाएको छ भने मितेरी पुलमा पनि ठूलो क्षति भएको छ।

अहिले गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाबाट परिचालित स्वास्थ्यकर्मीहरूको टोली बाढीबाट प्रभावित क्षेत्रतर्फ गएको छ।

टिमुरेस्थित पार्किङस्थलमा, उद्धार तथा उपचारका लागि टोली गएको हो।

भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ३८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड