बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह  « Khabarhub

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले गरेको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद रहेको जनाएको छ ।

नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको उल्लेख गर्दै कांग्रेसले विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति ब्यहोर्नु परेको स्मरण गराउँदै ऐक्यवद्ध ढङ्गले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : १९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले