म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए « Khabarhub

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ। 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन, जलस्रोत तथा सिँचाइ र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन्। 

‘पूर्वाधार विकास मन्त्रालयले म्याग्दीमा तीन वटा नयाँ कार्यालय विस्तार गर्ने निर्णय गरेर सहजिकरणका लागि समन्वय समितिलाई पत्राचार गरेको छ,’ उनले भनिन्, ‘खानेपानी तथा ढल व्यवस्थापन कार्यालय साविक एकाइ रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई वटा कार्यालयका लागि भवनको खोजीमा छौँ ।’

स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ तोकिएको छ । खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यक्षेत्र म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ रहेको छ । जलस्रोत तथा सिँचाइ आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरू रहेका छन् । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२-०८३ मा पोखरामा गाभिएर बेनीमा एकाइ मात्र रहेको थियो । सिँचाइ तथा जलस्रोत र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय यसअघि बेनीमा थिएनन् । तीन वटै कार्यालयहरू यसअघि पोखरामा थिए । 

सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी, सिँचाइसँग सम्बन्धी महत्त्वपूर्ण योजनाहरू सञ्चालन गर्ने कार्यालयहरू जिल्लामै हुँदा योजना छनौटदेखि कार्यान्वयनमा सहजता हुने कार्यवाहक जिसस प्रमुख खत्रीले बताए। तिहार अघिनै ती कार्यालयहरू सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए।
 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ३ : ०२ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी