विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट « Khabarhub

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनीहरुले भने स्वदेशमा नै केही गर्ने अठोटका साथ फूलखेती सुरु गरेका छन् । 

व्यास नगरपालिका–४ सिमलटारमा स्थानीय गगनसिंह बस्नेत र लक्ष्य अधिकारीले दुई रोपनी जग्गामा सयपत्री फूलखेती गरेर स्थानीयस्तरमै सम्भावना खोज्ने प्रयास गरेका हुन्। 

तिहार नजिकिँदै गर्दा सिमलटारको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । 

पहेँलपुर फूलले खेतको दृश्य आकर्षक बनेको छ भने दुई युवालाई आफ्नो मेहनतको प्रतिफल बजारमा पुर्‍याउने चाहना छ । 

उनीहरूको उद्धेश्य फूल बेचेर आम्दानी गर्नुमा मात्रै सीमित छैन, स्थानीय उत्पादनको प्रयोग बढाउनु र बाहिरबाट आउने फूलको निर्भरता घटाउन सन्देश दिनु पनि हो । बस्नेत र अधिकारीले खाली रहेको जग्गाको सदुपयोग गर्दै पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका हुन् । 

बस्नेतले कार वास सेन्टरसमेत सञ्चालन गर्दै आएका छन् । जग्गा खाली रहेको अवस्थामा त्यसलाई उपयोगी काममा लगाउने सोचले फूलखेती सुरु गरिएको बस्नेतले बताए । 

तिहारजस्ता चाडपर्वमा फूलको माग बढ्ने भए पनि बजारमा बाहिरबाट ल्याइएका फूलको प्रयोग हुने गरेको देखेपछि स्थानीयस्तरमै फूल उत्पादन गर्ने सोच आएको बस्नेतको भनाइ छ । 

आफ्नै ठाउँमा फूल उत्पादन गर्न सकिने सम्भावना देखेर पहिलोपटक खेती सुरु गरेको उनले उल्लेख गरे । 

‘बाहिरबाट फूल आउने गरेको देख्यौँ । हाम्रो ठाउँमा पनि फूल उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो’, बस्नेतले भने, ‘बाहिरबाट आउने फूलको सट्टा स्थानीयस्तरमै उत्पादन भएको फूल प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामीले खेती सुरु गरेका हौँ ।’

दुई रोपनी जग्गामा गरिएको खेतीबाट प्राप्त हुने उत्पादन र बजारको माग हेरेर आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । 

पहिलो प्रयास सफल हुँदै गएमा थप जग्गामा सयपत्री फूलखेती गर्ने उनले बताए । यसले खाली जग्गाको उपयोग हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गर्न सक्ने उनको अपेक्षा छ । 

तिहारमा घर, मठमन्दिर र विभिन्न स्थान सजाउन सयपत्री फूलको प्रयोग गरिँदै आएको छ । यो समयमा फूलको माग बढ्ने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सके किसान तथा उद्यमीलाई लाभ पुग्ने सम्भावना हुन्छ । 

स्थानीयस्तरमा फूल उत्पादन र उपभोग बढाउन सके बाहिरबाट ल्याइने फूलमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने बस्नेतले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ३ : ०७ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी