उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण « Khabarhub

उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको बताएका छन् ।

डा. महतका अनुसार, बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्रीहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीहरू समेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको उनले उल्लेख गरेका छन्।

‘मानवीय क्षतिको आशङ्का र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन’, उनले लेखेका छन्, ‘सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत कार्यलाई उच्चतम् प्राथमिकता दिनुपर्छ।’

डा. महतले उद्धार कार्य अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सङ्कटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताएका छन् ।

साथै, उनले यो सङ्कटको बेला प्रभावित परिवारहरू र सम्पूर्ण रसुवा क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।  ‘हामी सदैव तपाईंहरूको साथमा छौँ’, उनले लेखेका छन्, ‘हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौँ भन्ने दृढ विश्वास लिएको छु।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ११ : १२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री