उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण « Khabarhub

उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चीनको तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएर दुई देशबीचको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको घटनाले सबै नेपालीलाई मर्माहित बनाएको बताएका छन् ।

डा. महतका अनुसार, बाढीका कारण रसुवाको टिम्मुरे भन्सार यार्ड, त्यहाँ रहेका सामग्रीहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीहरू समेत जोखिममा परेको खबरले थप चिन्ता सिर्जना गरेको उनले उल्लेख गरेका छन्।

‘मानवीय क्षतिको आशङ्का र उद्धारमा देखिएको कठिनाइका कारण क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन’, उनले लेखेका छन्, ‘सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षले उद्धार तथा राहत कार्यलाई उच्चतम् प्राथमिकता दिनुपर्छ।’

डा. महतले उद्धार कार्य अझ प्रभावकारी र समन्वित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सङ्कटको घडीमा सरकारको सक्रियता निर्णायक हुने बताएका छन् ।

साथै, उनले यो सङ्कटको बेला प्रभावित परिवारहरू र सम्पूर्ण रसुवा क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।  ‘हामी सदैव तपाईंहरूको साथमा छौँ’, उनले लेखेका छन्, ‘हामी सबै एकजुट भएर यो विपत्तिलाई पार गर्नेछौँ भन्ने दृढ विश्वास लिएको छु।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ११ : १२ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट