सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह « Khabarhub

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्‍याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन्  । 

उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन् । 

उक्त बाढीमा परेर हालसम्म छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन् भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।  रासस
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ११ : ५४ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका