आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातमा सघाउन जीएमपी प्रमाणपत्र दिइने « Khabarhub

आयुर्वेदिक औषधी उत्पादन विदेश निर्यातमा सघाउन जीएमपी प्रमाणपत्र दिइने


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गरेका छन् ।

विभिन्न कम्पनीहरूले आयुर्वेदिकसहितका परम्परागत चिकित्सा प्रणालीका औषधी उत्पादन गर्दै आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणपत्र दिने अभ्यास थिएन ।

औषधी विदेश निर्यात गर्न अति आवश्यक मानिने कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड प्रमाण आवश्यक भए पनि नेपालमा हालसम्म यो दिने गरिएको छैन । यस समस्यालाई सम्बोधन गर्न मन्त्री पौडेलले औषधी उत्पादन कुशल अभ्यास दोश्रो संहिता स्वीकृत गरेका हुन् ।

यसका लागि उत्पादकले पूरा गर्नुपर्ने प्रक्रिया, भण्डारण, आधुनिक विधि लगायत समग्र विषयको मापदण्ड पालना गर्नुपर्नेछ । संहिताअन्र्तगतको मापदण्ड पालना भएमा नेपाली आयुर्वेदसहितका परम्परागत उत्पादकले औषधी व्यवस्था विभागबाट निर्यातका लागि आवश्यक पर्ने जीएमपी मापदण्डको प्रमाण प्राप्त गर्नेछन् ।

यसले नेपाली आयुर्वेद, होमियोप्याथीसहितका औषधी उत्पादनमा संलग्नलाई आफ्ना स्तरीय उत्पादनको निर्यातबाट लाभ लिने बाटो खुला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हाल एलोप्याथिक औषधीले यस्तो प्रमाण पाए पनि परम्परागत औषधीले नपाउँदा वैधानिक निर्यात गर्न सकेका थिएनन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : २६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक